×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

रवि लामिछाने नेपाली नागरिक नरहेको सर्वोच्चको ठहर, सांसद पद खारेज (संक्षिप्त फैसलासहित)

रवि लामिछाने नेपाली नागरिक नरहेको सर्वोच्चको ठहर, सांसद पद खारेज (संक्षिप्त फैसलासहित)

काठमाडौँ- सर्वोच्च अदालतले रवि लामिछाने नेपाली नागरिक नरहेको ठहरसहितको फैसला सुनाएको छ । लामिछानेले अनेरिकी नागरिकता (ग्रिन कार्ड) त्यागेपछि नेपाली नागरिकता लिन आवेदन नै नदिएकोले उनी नेपाली नागरिक नदेखिएको अदालतले फैसलामा जनाएको छ ।

उनले नेपाली नागरिक नभई चितवनबाट संसदीय निर्वाचनमा उम्मेदवार बनेको र जितेर सांसद बनेकोले उनको सांसद पदसमेत खारेज हुने फैसला अदालतले गरेको छ ।

सांसद पदसँगै उनको उपप्रधानमन्त्री र गृहमन्त्री पदसमेत खारेज भएको छ । सर्वोच्चले संक्षिप्त फैसला सुनाएको भए पनि फैसलाको पूर्णपाठ आउन भने बाँकी छ ।

फैसला सुनाउँदै सर्वाेच्चकाे न्यायाधीश

प्रतिकृया दिनुहोस्