लुम्बिनी प्रदेशमा सत्ताको अंकगणित गन्न सुरु भएपछि सांसदहरुको सम्पर्क बिहिनता तथा पार्टी परिवर्तनको खेल समेत सुरु भएको छ । केही समय अगाडि एमालेबाट माओवादीमा प्रवेश गरेकी सांसद विमलाकुमारी खत्रीलाई प्रयोग गरेर यो खेल सुरु भएको हो । आइतबार पार्टीसँग सम्पर्क बिहीन भएकी वलीले सोमबार भने आफू नेकपा एमालेमै फर्किएको बताएकी छिन् ।
सोमबार विपक्षी गठबन्धनले प्रदेश प्रमुख अमिक शेरचन समक्ष नयाँ सरकार निर्माण पक्रिया थाल्न समावेदन गरेको निवेदनमा भने उनको नाम छ । समावेदनपत्रमा हस्ताक्षर गरेकै दिन वलीले विज्ञप्ति प्रकाशित गरी आफूले सूर्य चिह्नबाट निर्वाचनमा प्रतिस्पर्धा गरी विजय हासिल गरेकोले एमालेमै फर्किएको बताएकी हुन् ।
तत्कालिन नेकपाबाट प्रदेशसभा सदस्य निर्वाचित उनले एमाले र माओवादी ब्युँतिएपछि माओवादी केन्द्र रोजेकी थिइन् ।