×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

अपूर्व क्षितिजलाई तारेखमा छाडियो

अपूर्व क्षितिजलाई तारेखमा छाडियो

काठमाडौं- नेवाः समुदायको भावनामा आँच पुर्‍याएको अभियोग लागेका कमेडियन अपूर्व क्षितिज सिंहलाई तारेखमा छोडिएको छ। कोरोना संक्रमण पुष्टि भएपछि उनलाई उपचारका लागि आज तारेखमा छोडिएको हो। काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयका प्रमुख गंगा पौडेलका अनुसार उपचार गर्न भन्दै पछि उपस्थित हुने गरी उनलाई रिहा गरिएको हो।

जिल्ला प्रहरी परिसर टेकुको हिरासतमा राखिएका अपूर्व बिरामी भएपछि प्रहरीले गत मंगलबार उपचारका लागि वीर अस्पताल भर्ना गरेको थियो।

बुधबार मात्रै अपूर्वलाई थप पाँच दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले प्रहरीले अनुमति दिएको थियो।

प्रतिकृया दिनुहोस्