×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

मनोरञ्जन

चैत ११बाट ‘हेल्लो जिन्दगी’ प्रदर्शन हुने

चैत ११बाट ‘हेल्लो जिन्दगी’ प्रदर्शन हुने

काठमाडौँ- चलचित्र ‘हेल्लो जिन्दगी’ को पोस्टर सार्वजनिक गर्दै निर्माण टिमले प्रदर्शन मिति तय गरेको छ । एभरेस्ट सूर्य बोहराको लेखन तथा निर्देशन रहेको चलचित्र चैत्र ११ गतेबाट प्रदर्शनमा आउने छ ।

चलचित्रमा विक्रम डी.जोशी, प्रियङ्का कार्की, दीपिका प्रसाईँ, एभरेस्ट सूर्य बोहरा, विल्सन विक्रम राई, विक्रान्त बस्नेत, सबिता गुरुङ, सनमकुमार वैराग, जानकी पन्त, ध्रुव दत्त, कुमुद पन्त लगायतका कलाकारको अभिनय रहेको छ ।

बेलायत र नेपालमा छायांकन गरिएको चलचित्र हिराल जोशी र विक्रम डी जोशीले निर्माण गरेका हुन् । सृजना जोशी महर्जन कार्यकारी निर्माता रहेको चलचित्रको कथा निर्देशक बोहरा र विक्रम डी जोशीको हो भने पटकथा र संवादमा निर्देशक बोहरालाई अभिमन्यु निरवीले साथ दिएका छन् । निर्देशक बोहराकै शब्द रहेको चलचित्रमा राजनराज सिवाकोटी र एलिस कार्कीको संगीत छ ।

 
 

प्रतिकृया दिनुहोस्