काठमाडौँ । प्रहरीले जबर्जस्ती करणी मुद्दामा कैद तोकिएर फरार रहेका एक व्यक्तिलाई प्रहरीले आज काठमाडौँबाट पक्राउ गरेको छ । काठमाडौँ महानगरपालिका–१४ कालीमाटीमा ग्यारेज/वर्कशप सञ्चालन गरी बस्ने भारत मोतीहारी तुरकौलिया थाना रगुनाथपुर गाउँका ४७ वर्षीय सकील खानलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।