×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

सधैँ जित हुँदैन, हामीले हार्न पनि सिक्नुपर्छ : बालेन

सधैँ जित हुँदैन, हामीले हार्न पनि सिक्नुपर्छ : बालेन

काठमाडौँ- काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले जित मात्रै नभएर हार्न पनि सक्नुपर्ने बताएका छन् ।

आइतबार काठमाडौँमा आयोजित आत्महत्या रोकथाम तथा न्यूनीकरणसम्बन्धी सचेतना कार्यक्रममा सम्बोधन गर्दै बालेनले यस्तो बताएका हुन् । मेयर बालेनले हरेक हारबाट धेरै अनुभव लिन सकिने भन्दै हारलाई पनि आत्मसाथ गर्दै अघि बढ्नुपर्ने बताए ।

‘हामीले जिन्दगीमा हार्न सिकेका हुँदैनौँ । हामी सोसल मिडियामा व्यस्त हुन्छौँ । हामी हार्न निकै डराउँछौँ,’ उनले भने, ‘हामी आफूलाई कमजोर भन्ठान्छौँ । त्यस्तो सोच्नु हुँदैन । कुनै पनि कुरा हार्न सिक्नुपर्छ । सबै ठाउँमा सफल भइन्छ भन्ने हुँदैन ।’ उनले हारलाई आत्मासाथ गरे धेरै पाठ सिकेर अगाडि बढ्न सकिने बताए ।

प्रतिकृया दिनुहोस्