×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

खुमलटारमा ओली

खुमलटारमा ओली

काठमाडौं- नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री एवम पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न खुमलटार पुगेका छन्। ओली आफ्नो निवास बालकोटबाट प्रचण्ड निवास खुमलटार पुगेका हुन्। प्रचण्ड प्रधानमन्त्री भएपनि उनी अहिले सरकारी निवासमा भने सरेका छैन्। पुर्वप्रधानमन्त्री शेरबहादुर देउवा नसरेका कारण प्रधानमन्त्री प्रचण्ड सर्न पाएका थिएनन्।

तर देउवाले आजै बालुटार छाडेका छन्। ओली प्रचण्डबीच मन्त्रिपरिषद विस्तार, माधव नेपालको पार्टीलाई सरकारमा सहभागी गराउने विषयमा छलफल हुने जनाइएको छ।

अध्यक्ष ओली प्रचण्ड निवास जम्मा दुई पटक मात्रै गएका छन्। प्रचण्ड पुत्र प्रकाश दाहालको निधन हुँदा र तत्कालीन नेकपा विभाजन हुनुअघि खुमलटार पुगेका थिए। खुमलटारमै एकीकृत नेकपा (समाजवादी) अध्यक्ष माधवकुमार नेपाललाई पनि बोलाईएको जनाइएको छ।

प्रतिकृया दिनुहोस्