×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

मिटरब्याजीमा ठुला नेता पनि संलग्न छन् : प्रमुख सचेतक गिरी

मिटरब्याजीमा ठुला नेता पनि संलग्न छन् : प्रमुख सचेतक गिरी

काठमाडौं- नेकपा (एमाले) का प्रमुख सचेतक पदम गिरीले मिटरब्याजी प्रकरणमा राजनीतिक दलका ठुला नेता र प्रहरीका उच्च अधिकारीहरूको पनि संलग्नता रहेको बताउनुभएको छ ।

आइतबारको प्रतिनिधि सभा बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० को  छलफलमा भाग लिँदै उहाँले मिटरब्याजीको संरक्षक नै दलका ठुला नेताहरू रहेको बताउनुभयो । उहाँले सो प्रकरणमा राष्ट्रसेवक कर्मचारी र प्रहरीका उच्चपदस्थ कर्मचारीहरू समेत संलग्न रहेका दाबी गर्नुभयो । मिटरब्याजविरुद्धमा राम्रो ऐन बन्नुपर्ने र पीडितलाई न्याय दिन सक्नुपर्ने उहाँको सुझाव छ ।  

उहाँले प्रतिनिधि सभामा आएको केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० मिटरब्याजी पीडितलाई न्याय दिनका लागि नभई झुक्काउनका लागि ल्याइएको उहाँले टिप्पणी गर्नुभयो ।

प्रतिकृया दिनुहोस्