×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

मानसरोवरबाट दर्शनार्थी फर्किंदा विमानस्थल व्यस्त

मानसरोवरबाट दर्शनार्थी फर्किंदा विमानस्थल व्यस्त

काठमाडौँ-  हुम्लाको एकमात्रै सिमकोट विमानस्थलमा आन्तरिक तथा बाह्य पर्यटकले चहलपहल निकै बढेको छ । सद्गुरु जग्गी वासुदेवको टोली मानसरोवर कैलाश दर्शन गरेर बिहीबार फिर्ता भएसँगै सिमकोट विमानस्थलमा यात्रुको चापले सिमकोट विमानस्थल आज व्यस्त देखिएको हो ।

बिहीबार तारा र समिट एयरलाइन्सले हुम्लाबाट सिधै पोखरा उडान गरेको जानकारी प्राप्त भएको छ । तारा एयरलाइन्सले तीन उडान र समिट एयरलाइन्सले एउटा उडान हुम्लाबाट विदेशी पर्यटक लिएर पोखरा भरेको सिमकोट विमानस्थलका प्रमुख मोहन गिरीले जानकारी दिए । हुम्लाबाट ४७ जना विदेशी पर्यटक बिहीबार जिल्ला बाहिरिएको विमानस्थलका प्रमुख गिरीले जानकारी दिए । तारा एयरलाइन्सले तीन उडानमा ३१ जना र समिट एयरलाइन्सले १६ जना विदेशी पर्यटक यात्रुलाई लिएर हुम्लाबाट पोखरा गएको बताइएको छ ।

पैदल मार्गबाट गएर नेपालीभूमि लाप्चा क्षेत्रबाट मानसरोवर कैलाशको दर्शन गरी सद्गुरु सिमकोट आई बिहीबारै पोखरा फिर्ता भएका हुन् । हेलिकप्टरबाट सिमकोट फर्किएका सद्गुरुले सुन्दर र पर्यटकीय क्षेत्रबाट मानसरोवर कैलाशको दर्शन ऐतिहासिक भएको बताए । दर्शनको यात्रामा भने केही कठिनाइ हुँदा पैदलमार्गको सडकलाई विकसित गर्न आवश्यक रहेको उनको भनाइ छ । पैदलमार्गबाट लाप्चा पुगेको उनको टोलीलाई हेलिकप्टरले बिहीबार सिमकोट पु-याएको थियो ।

 

प्रतिकृया दिनुहोस्