×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

बोचुमसँग बार्यनको अप्रत्याशित हार

बोचुमसँग बार्यनको अप्रत्याशित हार

काठमाडौँ- जर्मन बुन्डेस लिगामा बार्यनम्युनिख भिएफएल बोचुमसँग अप्रत्याशित रुपमा पराजित भएको छ। बार्यन बोचुमसँग १८ वर्षपछि पराजित भएको छ। बोचुमले बार्यनलाई ४-२ ले पराजित गर्दा बुन्डेस लिगामा पहिलो हाफमा नै बार्यनले १९७५ पछि धेरै गोल खान पुग्यो। 

खेलमा रोबर्ट लेवान्डोस्कीको गोलमार्फत बार्यनले नवौँ मिनेटमा नै अग्रता बनाए पनि जोगाउन भने सकेन। खेलमा पुनरागमन गर्ने क्रममा बोचुमका लागि अन्ट्वी एडलेलले १४ औँ मिनेटमा खेललाई बराबरी ल्याए। ३८ औँ मनेटमा बोचुमले पाएको पेनाल्टीलाई लोकाडियाले सदुपयोग गर्दा बार्यन खेलमा पछि परेको थियो।

गाम्बोले ४० औँ मिनेटमा तेस्रो गोल गर्दा पहिलो हाफको अन्तिम मिनेटमा होल्टमानले टीमलाई ४-१ को अवस्थामा पुर्‍याउँदै प्रभावशाली सुरुवात दिलाएका थिए।

दोस्रो हाफमा बार्यनले लेवान्डोस्कीकै व्यक्तिगत दोस्रो गोलमा ७५ औँ मिनेटमा खेलमा फर्किन प्रयास गरे पनि सफल हुन सकेन। त्यसपछि दुवै तर्फबाट थप गोल हुन नसक्दा बार्यन ४-२ ले स्तब्ध रह्यो। यो वार्यनको २२ खेलमा चौथो हार हो।

पहिलो हाफमा नै बार्यनले यसअघि यनट्रयाच फ्रान्कफर्टसँग १९७५ को नोभेम्बरमा भोगेको थियो जतिबेला बार्यन ६-० ले पराजित भएको थियो। हारपछि पनि बार्यन लिगअंक तालिकामा ५२ अंकका साथ शीर्ष स्थानमा रहेको छ। जितपछि ११ औँ स्थानमा रहेको बोचुमको २८ अंक भएको छ।

प्रतिकृया दिनुहोस्