काठमाडौं- फिल्म ‘राधा’को ट्रेलर रिलिज गरिएको छ । फिल्मका अधिकांश कलाकारहरुलाई स्थान दिँदै फिल्मको साढे २ मिनेटको ट्रेलर आईतबार रिलिज गरिएको हो । सुवर्ण थापाको लेखन तथा निर्देशनमा तयार भएको ‘राधा’ तीजको अवसर पारेर भदौं १० गतेबाट देशब्यापी प्रदर्शनमा आउँदैछ । फिल्ममा अभिनेत्री सृष्टि श्रेष्ठ मुख्य भूमिकामा छिन् ।
फिल्ममा सृष्टिसहित खगेन्द्र लामिछाने, मेनुका प्रधान, दिव्यदेव, लोकेन्द्र लेखक, बुद्धि तामाङ, पशुपति राई, दयाहाङ राई, सौगात मल्ल, निश्चल बस्नेतको अभिनय छ । यी सबै कलाकारहरु ट्रेलरमा अटाएका छन् ।
यस फिल्ममार्फत अभिनेता सौगात पहिलोपटक निर्माताको रुपमा आउँदैछन् । फिल्ममा सौगातसहित देवकी विष्ट, बिक्रम दास जोशी निर्माताको रुपमा छन् भने निकुन श्रेष्ठ र फिरोज खड्का फिल्मका कार्यकारी निर्माता हुन् ।
नरेन्द्र मैनालीको छायाँकन रहेको फिल्मलाई निमेश श्रेष्ठले सम्पादन गरेका हुन् ।