×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

३ हजार पादरीले गरे दुई लाख बालबालिकालाई यौन दुव्र्यवहार

३ हजार पादरीले गरे दुई लाख बालबालिकालाई यौन दुव्र्यवहार

काठमाडौँ -फ्रान्समा पादरीहरूले दुई लाखभन्दा बढी बालबालिकालाई यौन दुव्र्यवहार गरेको खुलासा भएको छ । सन् १९५० पछि हजारौं पादरीले २ लाख १३ हजारभन्दा बढी बालबालिकालाई यौन दुव्र्यवहार गरेको एउटा स्वतन्त्र छानबिन आयोगले देखाएको छ ।

यौन दुव्र्यवहारका घटना दबाउन चर्च र पादरीले अनेकौं प्रयास गरेको पनि छानबिनका क्रममा खुलासा भएको छ ।बाल यौनदुराचारका घटनामा रोमन क्याथोलिक चर्चहरुमा तानिएका विवरण सार्वजनिक भएपछि यसबारे गहिरो अनुसन्धान गरिएको थियो ।

करिब तीन हजार पादरीले नियोजित ढंगले बालबालिकामाथि दुव्र्यवहार गरेको छानबिन आयोगका प्रमुख जीन मार्क साउभले जानाकारी दिनुभयाे ।पीडितमध्ये करिव ८० प्रतिशत पुरुष छन् । चर्चले वर्षौदेखि बालबालिकामाथि निर्दयी व्यवहार प्रदर्शन गरेको साउभले बताउनु भयाे ।

दुव्र्यवहारबाट जोगाउन चर्चले रोकथामका आवश्यक कदम नचालेको र कहिलेकाही अभिभावक स्वंयमले दुव्र्यवहारप्रति चासो नदिएको उहाँकाे भनाइ छ।

प्रतिकृया दिनुहोस्