×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

विप्लवका कार्यकर्ताद्वारा ललितपुरमा साझा बस तोडफोड

विप्लवका कार्यकर्ताद्वारा ललितपुरमा साझा बस तोडफोड

काठमाडौँ- नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका कार्यकर्ताहरूले ललितपुरमा एउटा साझा बस तोडफोड गरेका छन् ।

बन्दलाई कडा बनाउन उनीहरूले उक्त बसमा तोडफोड गरेका हुन् । ललितपुरको इटी चोकमा रहेको बा ५ ख ८७५५ नम्बरको साझा बसको पछाडिपट्टीको भागमा विप्लवका कार्यकर्ताले तोडफोड गरेका छन् ।

काठमाडौँ र ललितपुरबाट बन्द गराउने तथा तोडफोड गर्ने कार्यमा संलग्न विप्लव नेतृत्वको नेकपाका २२ जना कार्यकतालाई प्रहरीले पक्राउ गरेको छ ।

 
 

प्रतिकृया दिनुहोस्