×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

मनोरञ्जन

‘पवित्र रिस्ता-२’ मा सुशान्तको स्थानमा शहीर

‘पवित्र रिस्ता-२’ मा सुशान्तको स्थानमा शहीर

टेलिभिजन कार्यक्रम ‘पवित्र रिस्ता’ ले सुशान्त सिंह राजपूतको करियरमा सकारात्मक छलाङ लगाउन सहयोग गरेको थियो । यस शोमा सुशान्त र अंकिता लोखंडेको जोडीलाई दर्शकले मन पराएका थिए ।

उनको निधनले बलिउडसँगै टेलिभिजन कार्यक्रमलाई समेत घाटा भएको छ । उनी अभिनित टेलिसिरियल ‘पवित्र रिस्ता’को सिक्वेल छिट्टै बन्ने तयारीमा छ । एएलटीबालाजी टेलिफिल्मले पवित्र रिश्ता-२ घोषणा गरेको हो ।

अल्ट बालाजीकी प्रमुख एकता कपूरका अनुसार ‘पवित्रा रिश्ता- २’ मा अंकिता मुख्य भूमिकामा देखिनेछिन् । सुशान्तको स्थान भने शहीर शेखले लिने भएका छन् । एकता कपूरले सामाजिक सञ्जालमा तस्बिर सार्वजनिक गर्दै उनले लेखेकी छन्, ‘कहिलेकाहीँ सामान्य जीवनमा हामी असाधारण प्रेमका कथाहरू पाउँछौँ । मानव र अर्चनाको असाधारण प्रेम कथाको प्रत्यक्षदर्शी बन्नुहोस् ।’ त्यस्तै अङ्किता लोखन्डेले पनि सामाजिक सञ्जालमा तस्बिर सार्वजनिक गरेर सुशान्तलाई सम्झिएकी छन् । एजेन्सी

प्रतिकृया दिनुहोस्