×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

पहाडी क्षेत्रका थोरै स्थानमा वर्षाको सम्भावना

पहाडी क्षेत्रका थोरै स्थानमा वर्षाको सम्भावना

काठमाडौँ- नेपालमा पश्चिमी र स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पहाडी भूभागमा आंशिक बदलीदेखि सामान्यता सफा रहेको छ । तर, बाँकी भूभागमा मौसम सामान्यता सफा छ । 

आज दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रहने आकलन मौसम पूर्वानुमान महाशाखाले गरेको छ । पहाडी क्षेत्रका थोरै स्थानमा हल्का वर्षाको पनि सम्भावना छ ।

पछिल्लो पटक काठमाडौं उपत्यकासहित पहाडी क्षेत्रमा चिसो बढ्दै गएको छ । नेपालमा ३० असोजबाट मनसुन अन्त्य भएसँगै पोस्ट मनसुन सुरु भएको हो ।

प्रतिकृया दिनुहोस्