×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

वाई वाई यू–१९ राष्ट्रिय क्रिकेटः उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्ने

वाई वाई यू–१९ राष्ट्रिय क्रिकेटः उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्ने

धनगडी -  वाई वाई उन्नाइस वर्षमूनिको एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी प्रदेश भिड्ने भएका छन् । आज भएको लिग चरणको अन्तिम खेलमा बागमती प्रदेशमाथि ८ विकेटको शानदार जित निकाल्दै सुदूरपश्चिम फाइनल प्रवेश गरेको हो । यसअघि लुम्बिनी १० अंकका साथ शिर्ष स्थानमा रहदै फाइनल पुगिसेकेको थियो । सुदूरपश्चिम चार खेलमा जित निकाल्दै ८ अंकका साथ दोस्रो हुदै उपाधि नजिक पुगेको हो । फाइनल भिडन्त आइतबार हुनेछ ।
आज भएको खेलमा बागमतीले दिएको ९६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमले ३२.१ ओभरमा दुई विकेट गुमाएर पुरा गर्यो । सुदूरको जितमा नरेन भट्टले अविजित ३७ र राहुल भण्डारीले अविजित रनको योगदान गरे । ३७ रनमा २ विकेट गुमाएपछि सुदूरका लागि नरेन र राहुलबीच तेस्रो विकेटका लागि ५९ रनको साझेदारी भयो ।
बागमतीका गौतम केसी र प्रतिश जिसीले समान एक–एक विकेट हात पारे ।
त्यसअघि कीर्तिपुर मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बागमती ३०.१ ओभरमा मात्र ९५ रनमा अलआउट भयो । बागमतीका लागि विवेक मगरले सर्वाधिक ३२ रन जोड्दा क्रिस कार्कीले १७ रन जोड्नु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
बागमतीलाई सस्तैमा समेटन् सुदूरका हेमन्त धामी एक्लैले ५ विकेट हात पारे । उनले १० ओभरमा ४ मेडन ओभर राख्दै १९ रन खर्चिएका थिए । यस्तै शेर मल्लले ५.१ ओभर बलिङ गर्दै ३१ रन खर्चिदै चार विकेट हात पारे । हेमन्त खेलका म्यान अफ द म्याच चुनिए ।
मङ्सिर ७ गतेदेखि सुरु भएको प्रतियोगितामा ७ प्रदेशका ७ टोलीको सहभागिता रहेको थियो ।

प्रतिकृया दिनुहोस्