काठमाडौं - नेपाल कमर्स क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु)को निर्वाचन स्थगित भएको छ ।
आजका लागि तय भएको निर्वाचन असहज र असामान्य परिस्थिति सिर्जना भएकाले स्थगित भएको निर्वाचन अधिकृत लालबहादुर बस्नेतले बताए ।
अधिकृत बस्नेत र क्याम्पस प्रमुख प्रा. ध्रुव प्रसाद सिलवालले एक सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्म निर्वाचन सम्बन्धी सम्पूर्ण काम कारबाही स्थगित गरिएको जनाएका छन् ।