×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

यात्रुबाट जफत भएको एक करोड मूल्यको मोबाइल लिलामीमा

यात्रुबाट जफत भएको एक करोड मूल्यको मोबाइल लिलामीमा

काठमाडौँ- सरकारले यात्रुबाट जफत भएका १५१ वटा मोबाइल सेट लिलामका लागि राखेको छ । त्रिभुवन विमानस्थल भन्सार कार्यालयले यात्रुले भन्सारको छुट सुविधा मिचेर र कानुनको तोकेकोभन्दा बढी संख्यामा ल्याएको मोबाइल जफत गर्ने गरेको छ ।

ती मोबइल नियमित रुपमा लिलामी गर्ने गरेको कार्यालयको मुद्दा तथा लिलामी शाखाले १८ पुसमा १५१ थान मोबाइल (आइफोनसहित) लिलामीमा राखेको हो । न्यूनतम मूल्य ९३ लाख ५४ हजार रुपैयाँ तोकेर लिलामीको सूचना प्रकाशित भएको हो । ३५ थान प्ले स्टेसनमा सामग्री पनि लिलामीमा राखिएको छ ।

गत १३ मंसिरमा पनि कार्यालयले करिब २६ लाख रुपैयाँ मूल्यको २७ थान मोबाइल लिलामीको सूचना प्रकाशित गरेको थियो । भन्सार तिर्नुपर्ने तय भएका मोबाइललाई यात्रुले शुल्क तिरेपछि ४५ दिनभित्र जाँचपास गरेर लैजान पाउँछन् । तर, केही यात्रुहरु यस्तो शुल्क तिर्न तयार नभएपछि उनीहरुको फोन लिलामीमा राख्ने गरिएको छ । यस्ता फोन लिलामीबाट कार्यालयले राजस्व पनि पाउँछ । शिलबन्दीको माध्यमद्वारा लिलाम बिक्री गर्नुपर्ने भएकाले इच्छुक संस्थाबाट १५ दिनभित्र गोप्य शिलबन्दी दरभाउपत्र आह्वान गरिएको हो । रासस

प्रतिकृया दिनुहोस्