×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

चितुवाको आतङ्क : खोरभित्र पसेर मारिदियो २१ वटा खसी-बाख्रा

चितुवाको आतङ्क : खोरभित्र पसेर मारिदियो २१ वटा खसी-बाख्रा

काठमाडौं - बर्दियाको गुलरिया नगरपालिका वडा नं. ५ मा गएराति चितुवाले एक कृषि पशुपंक्षी तथा बाख्रा फार्मभित्र पसेर २१ वटा खसी बाख्रा मारेको छ। फार्म सञ्चालक चन्द्रकान्त पौडेलको फार्मभित्र पसेर चितुवाले सात वटा खसी, एउटा राजस्थानी बोका, सात वटा माउ बाख्रा र अन्य पाठापाठी गरी २१ वटा मारेको उनले बताएका छन् । 
त्यति धेरै क्षति कम्तीमा दुई तीन वटा चितुवाले गरेको अनुमान फार्म सञ्चालक पौडेलले गरेका छन् ।  पौडेलले एक महिना अगाडिमात्रै बाख्रा त्यो खोरमा सारेको बताए। खोरदेखि उनको घरको दूरी करिब तीन सय मिटरमा रहेको छ । पौडेलका अनुसार झन्डै तीन लाख बराबरको खसी बाख्रा चितुवाले मारेको छ । 

प्रतिकृया दिनुहोस्