×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

एसपिपी सम्झौता राष्ट्रघाती सम्झौता हो : टोपबहादुर रायमाझी

एसपिपी सम्झौता राष्ट्रघाती सम्झौता हो : टोपबहादुर रायमाझी

काठमाडौँ- नेकपा (एमाले) का नेता टोपबहादुर रायमाझीले एसपिपी सम्झौता राष्ट्रघाती सम्झौता रहेको बताएका छन् । अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी) मा नेपालले कुनैपनि हालतमा सम्झौता गर्न नहुने बताएका हुन् ।

शनिबार नेता रायमाझीले अहिले नेपालका सबै दलहरु एसपीपी सम्झौता गर्न नहुने पक्षमा उभिएको बताए । नेता रायमाझीले अहिले एसपीपीबारे बाहिरिएको सम्झौताको मस्यौदा नेपालको हितमा नरहेको जिकिर समेत गरे ।

अब देशलाई अहिलेका दल र यसका नेतृत्वकर्ताहरुले सही दिशा दिनुपर्नेमा पनि रायमाझीले जोड दिए । रायमाझीले दलहरुले अब एकआपसमा हिलो छ्यापाछ्याप गर्न नहुने समेत बताए ।

प्रतिकृया दिनुहोस्