×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

भाेलिकाे टिकट बिक्रीकाे सबै पैसा खेलाडी कोषमा जम्मा गर्ने क्यानको घोषणा

भाेलिकाे टिकट बिक्रीकाे सबै पैसा खेलाडी कोषमा जम्मा गर्ने क्यानको घोषणा

काठमाण्डाै – भाेलि बिहीवार हुने नेपाल र यूएईबीचको खेलमा टिकट बिक्रीबापत उठेकाे सबै पैसा खेलाडी कल्याणकारी कोषमा जम्मा हुने भएको छ ।

नेपाल क्रिकेट सङ्घ (क्यान) ले भोलि हुने नेपाल र यूएईबीचको खेलका लागि टिकट बिक्रीबाट आउने सबै पैसा कल्याणकारी कोषमा जम्मा गर्ने निर्णय गरेको हो । कल्याणकारी कोषको रकम खेलाडीको हित र अत्यावश्यक काममा खर्च हुने गरेको छ ।

विश्व कप क्रिकेट लिग–२ अन्तर्गत भोलि नेपालले अन्तिम खेलमा यूएईसँग खेल्दैछ । भोलि यूएईलाई हराउन सकेमा नेपाल सिधै विश्व कप क्वालिफायरमा पुग्नेछ ।

प्रतिकृया दिनुहोस्