×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

बंगलादेशसँग हारेपछि नेपाल सेमिफाइनलबाट बाहिरियो

बंगलादेशसँग हारेपछि नेपाल सेमिफाइनलबाट बाहिरियो

काठमाडौं - नेपाल साफ यू-१९ च्याम्पियनसिप २०२५ को सेमिफाइनलबाटै बाहिरिएको छ।  भारतमा भइरहेको प्रतियोगिताको सेमिफाइनलमा बंगलादेशसँग २-१ गोलले पराजित भएसँगै नेपाल बाहिरिएको हो।

खेलको ७४ मिनेटमा बंगलादेशले अग्रता लियो। कर्नर बलमा हेडरमार्फत् बंगलादेशी खेलाडीले बललाई जाली चुमाए।

८० मिनेटमा बंगलादेशले अग्रता दोब्बर पार्‍यो। नेपाली डिफेन्डरले क्लियर गर्न नसकेको बलमा बंगलादेशका कप्तान अग्रता दोब्बर पारे। नेपालका लागि ८७ मिनेटमा सुजन डंगोलले गरेको गोल सान्त्वनामा सीमित बन्यो। 


नेपालले समूह उपविजेता बनेर अन्तिम चारमा स्थान पक्का गरेको थियो। समूह चरणमा नेपालले श्रीलंकालाई ५-० गोलले हराउँदा भारतसँग ४-० गोलको हार ब्याहोरेको थियो। 

प्रतियोगितामा अर्को सेमिफाइनलमा माल्दिभ्स र भारतबीच खेल हुँदैछ।

प्रतिकृया दिनुहोस्