×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

महानगरको टोलीलाई सुकुम्बासीहरूले फर्काइदिए

महानगरको टोलीलाई सुकुम्बासीहरूले फर्काइदिए

काठमाडौँ - काठमाडौँ महानगरपालिकाले गैरीगाउँको सुकुम्बासी बस्ती हटाउन खोजेपछि त्यहाँका बासिन्दा आन्दोलित भएका छन् । गैरीगाउँको वाग्मती करिडोरस्थित सुकुम्बासी बस्ती हटाउन शुक्रबार डोजरसहित नगर प्रहरी लिएर गएको महानगरको टोलीलाई सुकुम्बासीहरूले फर्काइदिएका छन् । 

संरचना हटाउन महानगरले बल प्रयोग गर्न खोजेपछि उनीहरूले नाराबाजी गर्दै टायर बालेर प्रदर्शन गरेका थिए । उक्त क्षेत्रमा करिब ३ सयभन्दा बढी अवैध संरचना रहेको वडा नम्बर ९ का अध्यक्ष रामजी भण्डारीले जानकारी दिए । मेयर बालेन्द्र शाहको ठाडो आदेशमा नगर प्रहरी परिचालन गरी संरचना हटाउन खोजिएको उनको भनाइ छ । ‘अवैध संरचना भएकाले हामीले हटाउन खोजेका थियौं, तनावग्रस्त अवस्था बनेपछि ब्याक भयौं,’ उनले कान्तिपुरसँग भने । 

प्रतिकृया दिनुहोस्