×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

प्रधान न्यायाधीशलाई महाभियोग लगाउन माग गर्दै सभामुखलाई बारको ज्ञापनपत्र

प्रधान न्यायाधीशलाई महाभियोग लगाउन माग गर्दै सभामुखलाई बारको ज्ञापनपत्र

काठमाडौँ- नेपाल बार एसोसिएसनले सभामुख अग्नि सापकोटालाई भेटी प्रधान न्यायाधीशलाई महाभियोग लगाउन माग गर्दै ज्ञापनपत्र बुझाएको छ । न्यायालय सुदृढीकरणको माग गर्दै केहि दिनअघिदेखि आन्दोलन गर्दै आएका कानुन व्यवसायीहरूको पक्षबाट प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरालाई महाभियोग लगाउन माग गर्दै बारले ज्ञापनपत्र बुझाएको हो । प्रधान न्यायाधीश जबरामाथि उब्जिएका सबै प्रश्‍नमाथि संसद्को ध्यानाकर्षण गराउन भन्दै बारले सभामुख सापकोटालाई ज्ञापन पत्र बुझाएको हो ।

भेटमा बारका कानुन व्यवसायीहरुले सर्वोच्चमा जारी आन्दोलन तथा न्याय क्षेत्रका बेथितीहरुको बारेमा चर्चा समेत गरेका थिए । न्यायालय सुदृढीकरण र प्रधान न्यायाधीशको बहिर्गमनक माग राख्दै केहि दिनयता कानुन व्यवसायीहरू सर्वोच्च परिसरमा आन्दोलन गरिरहेका छन् ।

 

प्रतिकृया दिनुहोस्