×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

अर्जेन्टिनालाई हराउँदै स्पेन बन्यो नयाँ विश्वविजेता, १६ वर्षपछि चुम्यो विश्वकप ट्रफी

अर्जेन्टिनालाई हराउँदै स्पेन बन्यो नयाँ विश्वविजेता, १६ वर्षपछि चुम्यो विश्वकप ट्रफी

काठमाडौं - अमेरिकाको न्युयोर्कस्थित न्यु जर्सी स्टेडियममा भएको फिफा विश्वकप २०२६ को बहुप्रतीक्षित फाइनल भिडन्तमा साविक विजेता अर्जेन्टिनालाई १–० ले स्तब्ध पार्दै स्पेनले विश्वकपको उपाधि चुमेको छ। निर्धारित ९0 मिनेटको रोमान्चक खेलमा दुवै टोलीबाट गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो। अतिरिक्त समयको १०६औं मिनेटमा फेरान टोरेसले गरेको एक मात्र निर्णायक गोल नै स्पेनलाई १६ वर्षपछि पुनः विश्वविजेता बनाउन पर्याप्त बन्यो। स्पेनले यसअघि सन् २०१० मा पहिलोपटक विश्वकप जितेको थियो।

खेलको निर्धारित समयको अन्तिम क्षणमा अर्जेन्टिनाका स्टार मिडफिल्डर एन्जो फर्नान्डेजले दोहोरो पहेँलो (रातो) कार्ड पाउँदै मैदान बाहिरिएपछि अर्जेन्टिना १० खेलाडीमा सीमित हुन पुगेको थियो। १० खेलाडीमा खुम्चिएको अर्जेन्टिनामाथि अतिरिक्त समयको दोस्रो हाफको सुरुवातमै स्पेनले दबाब बढाउँदै गोल निकाल्न सफल भयो। यो ऐतिहासिक हारसँगै सन् २०२२ को विश्वविजेता अर्जेन्टिनाको लगातार दोस्रोपटक विश्वकप ट्रफी उचाल्ने र मेस्सीको सुखद बिदाइ गर्ने सपना अधुरै रहन पुगेको छ।

प्रतिकृया दिनुहोस्