गैडाकोट- गैडाकोट नगरपालिकाका नव निर्वाचित जनप्रतिनिधिहरुको पहिलो कार्यपालिका बैठक सकिएको छ । स्थानीय चुनावबाट नव निर्वाचित जनप्रतिनिधिुहरुलाई कार्यपालिकाको बैठकबाट कार्यविभाजन गरिएको छ । नगरपालिकाको प्रवक्तामा वडा नम्बर ३ का वडाध्यक्ष शिवकान्त तिवारीलाइ तोकिएको छ ।
भौतिक योजना एवम् पुर्वधार संयोजकमा वडा नम्बर ८ का वडाध्यक्ष प्रेमप्रसाद सापकोटा, सामाजिक विकास संयोजकमा वडा नम्बर ५ का वडाध्यक्ष रत्नप्रसाद सापकोटा, वन तथा वातावरण एवम् विपत व्यवस्थापन संयोजकमा वडा नम्बर २ का वडाध्यक्ष प्रकाश सापकोटा, आर्थिक विकास संयोजकमा वडा नम्बर ४ का वडाध्यक्ष तेजप्रसाद घिमिरे, सुशासन विकास संयोजकमा वडा नम्बर १७ का वडाध्यक्ष गोपी कंडेललाइ तोकिएको छ । राज्वस्व संयोजकमा कानुन अनुसार नगर उपप्रमुख हुने व्यवस्था अनुसार शान्ति कोइराला रहनुभएको छ ।