×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

राइड शेयारिङ्ग विवाद: सरकार र आन्दोलनरत यातायात व्यवसायीबीच वार्ता जारी

राइड शेयारिङ्ग विवाद: सरकार र आन्दोलनरत यातायात व्यवसायीबीच वार्ता जारी

काठमाडौं - सरकार र आन्दोलनरत सार्वजनिक यातायात व्यवसायीबीच वार्ता जारी रहेको छ। सोमबार बिहान सिंहदरबारस्थित गृह मन्त्रालयमा गृहमन्त्री रमेश लेखकको पहलमा दुई पक्षबीच छलफल सुरु भएको गृहमन्त्रीको सचिवालयले जानकारी दिएको छ।

सार्वजनिक यातायात व्यवसायीहरू आफ्नो सवारीसाधन ग्यारेजमै थन्क्याएर आन्दोलनमा उत्रिएका छन्। उनीहरूको आन्दोलनका कारण देशभर सर्वसाधारण यातायात अभावमा पर्न थालेका छन्।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अनुसार सार्वजनिक यातायात बचाऊ केन्द्रीय संघर्ष समितिको आह्वानमा देशभरका गाडीहरू थन्क्याइएको हो।

व्यवसायीहरूको मुख्य माग गण्डकी प्रदेश सरकारले ल्याएको ‘राइड सेयरिङ’ सम्बन्धी कानुन खारेज गर्नु हो। उनीहरूका अनुसार निजी प्रयोजनका लागि खरिद गरिएका सवारीसाधनलाई व्यवसायिक रुपमा प्रयोग गर्न दिने यो कानुनले सार्वजनिक यातायात व्यवसायमाथि प्रतिकूल असर पारिरहेको छ।

प्रतिकृया दिनुहोस्