×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

हेलिकप्टरमार्फत गर्भवतीको उद्धार

हेलिकप्टरमार्फत गर्भवतीको उद्धार

डोटी- यहाँस्थित जिल्ला अस्पतालमा सुत्केरी हुन नसकेपछि पूर्वीचौकी गाउँपालिका–५ का २० वर्षीया सम्झना विकको हवाई उद्धार गरिएको छ । सुत्केरी हुनेक्रममा उच्च रक्तश्राव भएका कारण उनीलाई कोहलपुर मेडिकल कलेज रेफर गरिएको जिल्ला अस्पतालका डा प्रकाश ठकुल्लाले जानकारी दिए ।

विकलाई राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत उद्धार गरी कोहलपुर लगिएको जिल्ला प्रहरी कार्यालयका सहायक सूचना अधिकारी तथा प्रहरी निरीक्षक रवीन्द्र चन्दले जानकारी दिए । राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत जिल्लामा पहिलो पटक सुत्केरीको हवाइ उद्धार गरिएको बताइएको छ ।

प्रतिकृया दिनुहोस्