×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

सन्दीप सर्वाधिक टी-२० विकेट लिने बलरको शीर्ष स्थानमा, बनाए यस्तो रेकर्ड

सन्दीप सर्वाधिक टी-२० विकेट लिने बलरको शीर्ष स्थानमा, बनाए यस्तो रेकर्ड

काठमाडौँ- नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछाने सन् २०२२ मा सर्वाधिक टी-२० अन्तर्राष्ट्रिय विकेट लिने खेलाडीको शीर्ष स्थानमा छन्।

मंगलबार केन्याविरुद्ध २ विकेट लिएसँगै सन्दीपले २०२२ मा आफ्नो विकेट संख्या ३८ पुर्‍याएका छन्। केन्याविरूद्धको पाँच खेलको सरिजमा सन्दीपले १२ विकेट लिए। पाँच मध्ये तेस्रो खेलमा विकेटविहीन बनेका सन्दीपले पहिलो खेलमा २ र दोस्रो खेलमा ३ विकेट लिएका थिए।

चौथो खेलमा ५ विकेट लिन ९ रन खर्चिएका सन्दीपले पाँचौँ खेलमा २ विकेट लिएका हुन्। सन्दीप प्लेयर अफ दि सिरिज समेत घोषित भए।

सन्दीपले सन् २०२२ मा १८ खेलमा ३८ विकेट लिइसकेका छन्।

यसअघि सन् २०२१ मा सर्वाधिक विकेट लिएका श्रीलङ्काका विनन्दू हर्षरंगा डे सिल्भा र दक्षिण अफ्रिकाका तब्राइज शाम्सीले ३६-३६ विकेट लिएका थिए। यो नै एकै वर्षमा सर्वाधिक विकेट लिने कीर्तिमान थियो। जुन कीर्तिमान सन्दीपले अहिले नै तोडिसकेका छन्।

सन् २०२२ मा सर्वाधिक टी(२० विकेट लिने खेलाडीको सूचीको दोस्रो स्थानमा आयरल्यान्डका जोस लिटल छन्। उनले सन् २०२२ मा १९ खेलमा २८ विकेट लिएका छन्। तेस्रो स्थानमा रहेका भारतका भुवनेश्वर कुमारले १८ खेलमा २४ विकेट हात पारेका छन्।

सन् २०२२ को बाँकी चार महिनाको अवधिमा नेपालले अब कुनै अन्तर्राष्ट्रिय खेल खेल्ने तालिका छैन। तर आयरल्यान्ड र भारतले भने टी(२० विश्वकपमा र अन्य सिरिज खेल्दैछन्। जसका कारणले सन्दीपलाई भुवनेश्वर र लिटलले पछि पार्ने सम्भावना भने छ।

यता कप्तान सन्दीप टी-२० अन्तर्राष्ट्रियमा सर्वाधिक विकेट लिने खेलाडीको शीर्ष दश भित्र परेका छन्।

शीर्ष स्थानमा रहेका बंगलादेशका सकिब अल हसनले सय टी-२० खेलमा १२२ विकेट लिएका छन्। दोस्रो स्थानका अफगानिस्तानका रासिद खानले ६८ खेलमा ११५ विकेट लिइसकेका छन्।

नेपालका कप्तान सन्दीप सर्वाधिक टी(२० अन्तर्राष्ट्रिय विकेट लिने खेलाडीको नवौँ स्थानमा छन्। सन्दीपले सन् २०१८ देखि अहिलेसम्म ४४ खेलमा ८५ विकेट लिइसकेका छन्।

प्रतिकृया दिनुहोस्