काठमाडौँ- प्रि-सिजन टुर अन्तर्गतको मैत्रीपूर्ण खेलमा रियल मड्रिड बराबरीमा रोकिएको छ । बिहान भएको खेलमा रियलले क्लब अमेरिकासँग २-२ गोलको बराबरी खेलेको हो ।
रियलका लागि करिम बेन्जिमा र इडेन हाजार्डले एक/एक गोल गरे भने क्लब अमेरिकाका हेनरी मार्टिन र अल्भारो फिडाल्गोले एक/एक गोल गरेका हुन् ।