काठमाडौं - नेपाल क्रिकेट संघ(क्यान)ले मलेसिया जाने नेपाली महिला क्रिकेट टोलीको बिदाई गरेको छ। पाँच खेलको टी-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजका लागि मलेसिया जाने नेपाली टोलीलाई क्यानका अध्यक्ष लगायतका पदाधिकारीहरुले बिदाई गरेका थिए ।
तीन नयाँ अनुहारलाई समेट्दै नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले मलेसियासँगको टी-ट्वान्टी सिरिजका लागि बिहिबार नेपाली टोलीको घोषणा भएको थियो ।
मलेसियाविरुद्धको ५ खेलको टी-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजका लागि रुबिना क्षेत्रीको कप्तानीमा १४ सदस्यीय टोलीको घोषणा भएको छ ।
युवा ब्याटर सम्झना खड्का, स्पिनर कृतिका करासिनी र तीव्र गतिका बलर ईश्वरी विष्ट पहिलो पटक टोलीमा मौका दिएको हो ।
सुदूरपश्चिमबाट घरेलु क्रिकेट खेल्ने सम्झना खड्काले घरेलु क्रिकेटमा उत्कृष्ट ब्याटिङ गर्दै आएकी छिन् । सुदूरकै ईश्वरी विष्टले घरेलु क्रिकेटमा राम्रो बलिङ गर्दै आएकी छिन् । कृतिका मरासिनी नेपालको यू-१९ कप्तान हुन् । उनले लुम्बिनीबाट घरेलु क्रिकेट खेल्दै राम्रो प्रदर्शन गर्दै आएकी छिन् ।
मलेसियाको घरेलु मैदानमा हुने सिरिज मे २९ बाट सुरु हुनेछ । दोस्रो खेल मे ३० मा खेल्दा जुन १ मा तेस्रो खेल रहेको छ ।
जुन ३ मा चौथो र जुन ४ मा पाँचौ तथा अन्तिम खेल रहेको छ ।
पछिल्लो पटक नेपालले मलेसियामा नै गत बर्षको जुन १७ देखि २५ सम्म आयोजना भएको एसीसी महिला टी-ट्वान्टी च्याम्पियनसिप खेलेको थियो ।
नेपाली टिम :
रुविना क्षेत्री बेलबासे (कप्तान), सीता रानामगर, इन्दु बर्मा, कविता कुवँर, कविता जोशी, अश्मिना कर्माचार्य, कृतिका मरासिनी, विन्दु रावल, अप्सरी बेगम, काजोल श्रेष्ठ, सम्झना खड्का, ईश्वरी विष्ट, ज्योति पाण्डे र सरस्वती चौधरी