एजेन्सी - बेलायती महारानी एलिजावेथ द्वितीयलाई कोभिड–१९ को संक्रमण पुष्टि भएको छ। बीबीसीका अनुसार उनको निवासले कोरोना संक्रमण भएको पुष्टि गरेको हो।
बकिंघम प्यालेसले एक विज्ञप्ति जारी गर्दै महारानीलाई कोरोना संक्रमण भएको र सामान्य लक्षण मात्र देखिएको उल्लेख गरेको छ। उनले साताका सामान्य कामहरु गर्न सक्ने विज्ञिप्तिमा उल्लेख छ।
कोरोना संक्रमण पुष्टि भएपछि महारानीले आवश्यक चिकित्सकीय सतर्कता अपनाउने र आवश्यक मापदण्डको पनि पालना गर्नेछिन्। महारानीलाई भेटेपछि उनका जेठा छोरा प्रिन्स अफ वेल्सलाई पनि फेब्रुअरी १० मा कोरोना संक्रमण पुष्टि भएको थियो।
महारानीको निवासमा बस्ने धेरैलाई कोरोना संक्रमण भएको बुझिएको छ। आइतबार अबेरमा महारानीले शतिकालीन ओलम्पिकमा पदक हात पार्ने टोलीलाई बधाई दिँदै एक सन्देश प्रकाशित गरेकी थिइन्।