×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

निषेधाज्ञामा सवारी चाप नघटेपछी पूर्ण रोक लगाउने तयारी

निषेधाज्ञामा सवारी चाप  नघटेपछी पूर्ण रोक लगाउने तयारी

काठमाडौं - निषेधाज्ञामा पनि काठमाडौँ उपत्यकाको विभिन्न सडक चोक तथा सुरक्षा चेकजाँच स्थलमा ट्राफिक जाम’ देख्दा स्वयं सुरक्षाकर्मीहरू नै आश्चर्यमा परेका छन् ।

कोभिड–१९ महामारीको सङ्क्रमण नियन्त्रण तथा व्यवस्थापनका लागि निषेधाज्ञा जारी भएको सोमबार पाँचौँ दिन हो । 
आइतबारबाट निषेधाज्ञा थप कडाइको निर्णय भए पनि सडकमा सवारीसाधनको चाप ह्वात्तै बढेको छ । 
अत्यावश्यक कामका लागि सवारी पास लिएका भन्दा आफूखुसी सवारीसाधन चलाउनेको सङ्ख्या बढेको जानकारी महानगरीय ट्राफिक  प्रहरी महाशाखाले दिएको  छ ।

निषेधाज्ञा उल्लङ्घन गर्ने सवारी कारबाहीको  सङ्ख्या करिब दुई हजार पुगेको छ । काठमाडौँ  उपत्यकाको  चाबहिल, कोटेश्वर, बल्खु, बानेश्वर, भद्रकाली, न्युरोड गेट, केशरमहल र  कलङ्कीलगायतका क्षेत्रमा  बिहानको  समयमा ट्राफिक  जाम  हुने  गरेको  छ । जामका  कारण सुरक्षाकर्मीलाई  समेत  अत्यावश्यक  सवारीसाधन हो वा होइन, पहिचान गर्न समस्या देखिएको छ ।

यसैबीच काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद  पराजुलीले निषेधाज्ञामा अत्यावश्यकबाहेकका अन्य सवारीसाधन सञ्चालनमा पूर्ण रोक लगाउने विषयमा छलफल भइरहेको बताए ।

यो खबर आजको गोरखापत्र दैनिकमा छ । 

प्रतिकृया दिनुहोस्