×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

नेपालले बहराइनलाई ९ विकेटले हरायो

नेपालले बहराइनलाई ९ विकेटले हरायो

काठमाडौं - आईसीसी महिला टी–२० विश्वकप एसिया छनोटमा नेपालले पहिलो जित निकालेको छ । थाइल्यान्डको बैंककस्थित एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी मैदानमा आज भएको खेलमा बहराइनलाई ९ विकेटले हराउँदै नेपालले सानदार जित निकालेको हो ।

वर्षाका कारण ५ ओभरमा झारिएको खेलमा बहराइनले दिएको ४२ रनको लक्ष्य नेपालले ४ ओभर २ बलमा एक विकेट गुमाएर पूरा गर्‍याे । 


नेपालका लागि कविता कुँवरले १८ रन जोडिन् । यस्तै, सम्झना खड्काले १३, इन्दु वर्माले ७ रन बनाइन् ।

यसअघि टस जितेर पहिलो ब्याटिङ गरेको बहराइनले एक विकेट गुमाएर ४१ रन बनाएको थियो । बहराइनका लागि दिपिका रसंगिकाले ३४ रन बनाइन् ।


यो जितसँगै तीन अङ्क जोडेको नेपाल तालिकाको शीर्षस्थानमा उक्लिएको छ ।

नेपाल र हङकङबीचको पहिलो खेल शुक्रबार वर्षाका कारण रद्द भएपछि दुवैले एक–एक अङ्क बाँडेका थिए ।

नेपालले अब मङ्गलबार हङकङ र बिहीबार बहराइनसँग खेल्नेछ ।

प्रतिकृया दिनुहोस्