×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

‘क्लिन चिट’ पाएका जबरालाई सर्वोच्च प्रवेश गर्न नदिने सर्वोच्च बारकाे तयारी

‘क्लिन चिट’ पाएका जबरालाई सर्वोच्च प्रवेश गर्न नदिने सर्वोच्च बारकाे तयारी

काठमाडौं- संसद सचिवालयबाट ‘क्लिन चिट’ पाएपछि नियमित काममा फर्कने तयारी गरेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई सर्वोच्च अदालत बार एसोसिएसनले अदालत प्रवेशमा रोक लगाउने तयारी गरेको छ ।

त्यसका लागि सर्वोच्च अदालतको मुख्य गेटमा धर्ना सुरु सर्वोच्च बारले प्रदर्शन गर्दैछ । सर्वोच्च बारका सदस्य डा. रामहरि त्रिपाठीका अनुसार प्रदर्शनको तयारी भइरहेको छ । ‘हामी प्रदर्शनको तयारीमा छौं । हामी जबरालाई सर्वोच्च प्रवेश गर्न दिँदैनौं’, उनले भने ।संघीय संसदका

महासचिव भरतराज गौतमले निलम्बन फुकुवाको पत्र दिएलगत्तै जबरा सर्वोच्च फर्कने तयारीमा छन् । सत्तारुढ गठबन्धनका सांसदहरूले महाअभियोग प्रस्ताव दर्ता गरेपछि जबरा १ फागुन २०७८ देखि निलम्बनमा थिए ।

महाअभियोग प्रस्तावबारे निर्णय नगरी संसदको कार्यकाल सकियो र नयाँ चुनावमार्फत् नयाँ संसद आएलगत्तै जबराले कामकाजमा फर्कन पाउनुपर्ने भन्दै संसद सचिवालयमा मंगलबार निवेदन दिएका थिए । बुधबार संसदका महासचिव गौतमले निलम्बन फुकुवाको पत्र दिएका हुन् ।

प्रतिकृया दिनुहोस्