×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

सुर्खेतमा जिप दुर्घटना हुँदा ६ जना घाइते

सुर्खेतमा जिप दुर्घटना हुँदा ६ जना घाइते

सुर्खेत- सुर्खेतको बराहताल गाउँपालिका–८ दमारे नजिक जिप दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । घाइतेहरुमध्ये एक जनाको अवस्था गम्भीर छ । प्रहरी चौकी बांगेसिमलले दिएको जानकारी अनुसार कालीकोटबाट सुर्खेततर्फ जाँदै गरेको भे १ ज १००५ नम्बरको जीप हिजो बेलुकी ८ बजे अनियन्त्रित भएर सडकबाट करिब १५ मीटर तल खसेको थियो ।

जीपमा १० जना चढेका थिए । दुर्घटनामा घाइते भएकाहरुमध्ये ३ जनाको उपचार सुर्खेत जिल्ला अस्पतालमा भइरहेको छ । ३ जना भने उपचार पछि घर फर्किएका छन् । जीप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

प्रतिकृया दिनुहोस्