×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

अतिक्रमण गरेर बनाइएका संरचना ३५ दिनभित्र हटाउन उपत्यका विकास प्राधिकरणको निर्देशन

अतिक्रमण गरेर बनाइएका संरचना ३५ दिनभित्र हटाउन उपत्यका विकास प्राधिकरणको निर्देशन

काठमाडौँ- काठमाडौँ उपत्यका विकास प्राधिकरणले खोला किनारलगायतका जग्गा अतिक्रमण गरी बनाइएका अनधिकृत संरचना ३५ दिनभित्र खाली गर्न निर्देशन दिएको छ ।

बुधबार प्राधिकरणले सार्वजनिक सूचना जारी गर्दै ३५ दिनभित्र अनधिकृत संरचना हटाउन प्राधिकरणले आह्वान गरेको हो । उक्त सूचनामा काठमाडौं उपत्यका भित्रका सरकारी, प्रर्ति, ऐलानी तथा खोलाको मापदण्ड बमोजिमका जग्गालाई अतिक्रमण गरी निर्माण गरिएका अनधिकृत संरचना ३५ दिनभित्र खाली गर्न भनिएको छ । 

प्राधिकरणले अनधिकृत संरचना ३५ दिनभित्र नहटाए हटाउँदा लागेको लागतसमेत सम्बन्धित व्यक्ति वा संस्थाबाट असुल गरिने चेतावनी दिएको छ।

हेर्नुस् सूचना :

प्रतिकृया दिनुहोस्