राष्टिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा स्थानीय तह निर्वाचन परिचालन समितिको संयोजकबाट अलग भएका छन् । उनले सामाजिक सञ्जालमार्फत पार्टीद्वारा गठित स्थानीय तह निर्वाचन परचालन समितिको संयोजकको जिम्मेवारीबाट अलग भएको घोषणा गरेका हुन् ।
अध्यक्षद्वय पशुपति शम्शेर राणा र डा. प्रकाशचन्द्र लोहनीमध्ये एकलाई सो जिम्मेवारी लिन वा अन्य वरिष्ठ नेतालाई संयोजक बनाउन उनको आग्रह छ । आफूले जिम्मेवारी त्याग्नुको कारण उनले खुलाएका छैनन् ।