×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

खेलकुद

क्रिकेट: आईसीसीले परिवर्तन गर्‍यो यी नियम

  • IT |
  • चैत २१, २०७७
क्रिकेट: आईसीसीले परिवर्तन गर्‍यो यी नियम

काठमाडौँ - अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले क्रिकेट खेलका तीन नियम परिवर्तन गरेको छ ।

भर्खरै सम्पन्न  भारत र इंग्ल्याण्डबीचको सिरिजमा डीआरएसका लागि अम्पायर्स कलका विषयमा धेरै सवालहरु उठेका थिए । 

आईसीसीले विकेट जोनको उचाँइ बढाएर स्टम्पभन्दा माथीसम्म पुर्‍याउने निर्णय गरेको छ । यो निर्णयसँगै अब एलबीडब्लुका बेला अम्पायर्स कल गर्दा विकेटको उचाई र चौडाई समान रहनेछ ।
त्यस्तै दोस्रो परिवर्तनमा अम्पायर्सले रिभ्यू लिनुभन्दा पहिले खेलाडीले अम्पायरसँग कुरा गर्न पाउने छन् । खेलाडीले अम्पायरसँग ब्याट्सम्यानको बल खेल्ने प्रयास ठिक भए नभएको बुझ्न पाउँनेछन् ।

आईसीसीले परिवर्तन गरेको तेस्रो नियममा थर्ड अम्पायरले खेलको कुनै पनि सटलाई जाँच गर्दै आफ्नो निर्णय लिन सक्ने छन् ।

प्रतिकृया दिनुहोस्