×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

थप २६ जनामा काेराेना संक्रमण

थप २६ जनामा काेराेना संक्रमण

काठमाडाैँ- देशभर पछिल्लो २४ घण्टामा थप २६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा पाँच हजार ६०५ को नमूना परीक्षण गर्दा चार हजार ५२८ ले पिसीआर र एक हजार ७७ को एन्टिजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सो अवधिमा नौ जना कोरोना भाइरसबाट संक्रमणमुक्त भएका छन् । यससँगै संक्रमण मुक्त हुनेको सङ्ख्या नौ लाख ६७ हजार ११९ पुगेको छ । संक्रमणमुक्त हुने दर ९८ दशमलव आठ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ८२ हजार ४१३ ले कोभिडविरुद्धको खोप लगाएका छन् । हाल सक्रिय संक्रमितको सङ्ख्या १११ रहेको छ । अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९५२ पुगेको छ । होम आइसोलेशनमा ११०, संस्थागत आइसोलेसनमा एक र आइसियुमा एक जना संक्रमित रहेका छन् ।

हाल देशभरमा २०० सयभन्दा बढी सक्रिय संक्रमित भएका जिल्ला कुनै पनि छैनन् । शून्य संक्रमित रहेका जिल्लामा ओखलढुंगा, सोलुखुम्बु, सङ्खुवासभा, धनकुटा, भोजपुर, इलाम, तेह्रथुम, पर्सा, सप्तरी, बारा, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, धादिङ, नुवाकोट, मकवानपुर, चितवन, मनाङ, मुस्ताङ, म्याग्दी, पर्वत, रुकुम पूर्व, कपिलवस्तु, जाजरकोट, जुम्ला, डोल्पा, हुम्ला, रुकुम पश्चिम, कालीकोट, मुगु, सुर्खेत, कालिकोट, बाजुरा, दार्चुला, बझाङ र डडेल्धुरा रहेका छन् ।

उपत्यकाका तीन जिल्लामध्ये हाल काठमाडौँमा ३५ र ललितपुरमा दुई र भक्तपुरमा तीन सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । कुल संक्रमण दर १७ दशमलब दुई प्रतिशत छ ।

प्रतिकृया दिनुहोस्