×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

इजरायलमा रहेका विद्यार्थी ल्याउन नेपाल एयरलाइन्सको जहाज राति ११ बजे उड्ने

इजरायलमा रहेका विद्यार्थी ल्याउन नेपाल एयरलाइन्सको जहाज राति ११ बजे उड्ने

काठमाडौं- सरकारले इजरायलमा रहेका नेपाली लिन आज (बुधबार) जहाज पठाउने तयारी गरेको छ । सरकारले आज रातिसम्म जहाज इजरायलको तेलअभिवतर्फ पठाउने तयारी गरेको हो ।  

उक्त जहाजमा इजरायलबाट नेपाल फर्किन चाहने नेपालीलाई ल्याइने छ । त्यस्तै हमासको आक्रमणबाट मृत्यु भएका १० नेपाली विद्यार्थीको शव पनि सोही जहाजमा ल्याइने छ । 
 ‘हामीलाई राजदूतावासले तयारी अवस्था बस्न भनेको छ,’ इजरायलमा रहेका एक विद्यार्थीले भने ‘भोलि बिहानसम्म नेपाल आइपुग्ने आशा छ ।’ 
हालसम्म ३५० जना नेपाली इजरायलबाट नेपाल फर्किन नाम टिपाएका छन् । परराष्ट्र मन्त्रालयले आजै दिउँसो साढे चार बजे सिंहदरबारमा पत्रकार सम्मेलन गर्दैछ ।
 उक्त पत्रकार सम्मेलनमा नेपालीलाई लिन जहाज पठाउने विषयमा जानकारी गराउने परराष्ट्र स्रोतले जनाएको छ । हमासले गरेको आक्रमणमा १० नेपालीको ज्यान गएको छ । 
 

प्रतिकृया दिनुहोस्