×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

जङ्गली च्याउ खाँदा बैतडीमा पाँच जना बिरामी, उपचार जारी

जङ्गली च्याउ खाँदा बैतडीमा पाँच जना बिरामी, उपचार जारी

काठमाडौँ-  विषालु च्याउ खाँदा बैतडीमा पाँच जना बिरामी परेका छन्। मेलौली नगरपालिका-५ खलीगाडमा एकै घरका उनीहरू बिरामी परेका हुन्। बिरामी पर्नेमा १४ वर्षीया सुनिता जोशी, १२ वर्षीया सविता जोशी, १० वर्षीय किरन जोशी, आठ वर्षीया सोनिया जोशी र चार वर्षीया दिव्या जोशी छन्। 

उनीहरूको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा उपचार भइरहेको निमित्त प्रमुख जनस्वास्थ्य निरीक्षक मुकेशकान्त दयालले जानकारी दिए।

च्याउ खाएर बिरामी भएपछि उनीहरूलाई तत्काल स्वास्थ्य केन्द्रमा भर्ना गरिएको हो। मंगलबार जङ्गलबाट टिपेर ल्याएको च्याउ उनीहरू सबैले खाएका थिए। च्याउ खाएको केहीबेरपछि उनीहरूले बान्ता गर्न थालेपछि स्वास्थ्य केन्द्र लगिएको थियो।

प्रतिकृया दिनुहोस्