×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

एमालेका जिल्ला अध्यक्षलाई हराउदै मेयरमा निर्वाचित भए कांग्रेसका जिल्ला सचिव

एमालेका जिल्ला अध्यक्षलाई हराउदै मेयरमा निर्वाचित भए कांग्रेसका जिल्ला सचिव

एमालेकी सचिव तथा पुर्व मन्त्रीको गृह नगरमा एमालेका जिल्ला अध्यक्षलाई हराउदै कांग्रेसले मेयर सहित सानदार जित हासिल गरेको छ । स्वाङजाको गल्याङ नगरपालिकामा नेकपा एमालेका जिल्ला अध्यक्ष सुर्य प्र गैरे (पारस) लाई हराउदै नेपाली कांग्रेसका जिल्ला सचिव गुरु प्र भट्टराईले जित हासिल गरेका हुन् ।

केपी ओलीको बिस्वासपात्र मानिएकी पुर्व मन्त्री पद्मा अर्यालको मुख्य क्षेत्र र एमालेको गढ मानिने उक्त क्षेत्रमा काङ्ग्रेसका जिल्ला सचिव भट्टराइले बाजि मारेका हुन् । पहिले माओवादी केन्द्रमा रहेका गैरे एमाले प्रबेश गरि राम ब थापा बादलको कोटामा स्वाङजा एमालेको जिल्ला अध्यक्ष बनेका थिए ।

०७४ को निर्वाचनमा  गल्याङ नगरपालिकाको अध्यक्षमा एमालेका भुपराज  अधिकारी र उपाध्यक्षमा एमालेकै देविसरा घर्ती मगर निर्वाचित भएका थिए ।
 

प्रतिकृया दिनुहोस्