×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

चुनाव जित्नु ठूलो कुरा होइन : माधव नेपाल

चुनाव जित्नु ठूलो कुरा होइन : माधव नेपाल

काठमाडौँ- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले जनतासामु चुनावमा गरेका प्रतिबद्धता पूरा गर्नु आजको आवश्यकता रहेको बताएका छन् ।  शनिबार भक्तपुरमा आयोजित बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले चुनाव जित्नु मात्र ठूलो कुरा नभएकाले चुनावमा गरेका प्रतिबद्धता पूरा गर्नू मुख्य कुरा भएको बताएका हुन् ।

उनले जनताका आवाज सुनेर सम्भव भएसम्म समस्यालाई सम्बोधन गर्न समेत आग्रह गरे । नेपालले विगतमा जनतालाई पुरा हुन नसक्ने आश्वासनहरू दिइएको बताउँदै अब धेरै आश्वासन दिँदा पनि गाह्रो हुने बताए ।

उनले जनताका असीमित आकाङ्क्षालाई पूरा गर्न नसके पनि गर्नैपर्ने कुराका निम्ति सक्दो कोसिस गर्नुपर्ने आवश्यकता रहेको धारणा राखे । त्यस्तै अध्यक्ष नेपालले विश्वव्यापी मन्दीको असर नेपालमा पनि परेकाले देशको अर्थतन्त्र सङ्कटग्रस्त अवस्थाबाट गुज्रिरहेको बताउँदै देशको अर्थतन्त्र सुधार गर्न र राष्ट्रिय पुँजीलाई प्रोत्साहन दिन समीक्षा गर्नु आवश्यक रहेको धारणा समेत राखे ।

प्रतिकृया दिनुहोस्