काठमाडौँ- इंग्लिस प्रिमियर लिग फुटबलमा एस्टन भिल्लाले जित हात पारेको छ। शुक्रबार राति भएको खेलमा एस्टन भिल्लाले लिड्स युनाईटेडलाई २-१ गोल अन्तरले हराएको हो ।
एस्टन भिल्लाको जितमा लियोन बेली र ईमी बुएन्डियाले एक एक गोल गरे भने लिड्सका प्याट्रिक बामफोर्डले एक गोल फर्काए । यस जितसँगै एस्टनले १९ खेलमा २५ अंक जोडेको छ । लिड्स १७ अंक जोडेर १४ औं स्थानमा रहेको छ ।