चितवन- पूर्व उपसभामुख एवं एमाले केन्द्रीय सदस्य डा. शिवमाया तुम्बाहाङ्फेले एमाले सचिव पदमा उम्मेदवारी दिने भएकी छन् । आजदेखि सुरु भएको नेकपा एमालेको दसौँ राष्ट्रिय महाधिवेशनमा सचिव पदमा उम्मेदवारी दिने डा. तुम्बाहाङ्फेले बताइन् ।
उनले भनिन्, ‘म पनि सचिवको उम्मेदवार बन्छु, त्यसको लागि म योग्य पनि हुँ । मैले महिलाको प्रतिनिधित्व पनि गर्छु ।’ यसअघि नै सचिवमा महेश बस्नेत लगायतले उम्मेदवारी दिने घोषणा गरिसकेका छन् ।