×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

बिवाह गरेको ५दिनमै टिकटकले लियो ज्यान

बिवाह गरेको ५दिनमै टिकटकले लियो ज्यान

 

काठमाडौँ-टिकटक बनाउने क्रममा सेती नदीमा खसेर आज तनहुँमा एक किशोरी बेपत्ता भएकी छन् । शुक्लागण्डकी नगरपालिका–८ लालिमकी १९ वर्षीया पवित्रा लम्साल बेपत्ता भएको इलाका प्रहरी कार्यालय बेल चौताराले जनाएको छ ।

शुक्लागण्डकी नगरपालिका–८ पुलचोकस्थित सेतीनदी किनारमा रहेको रक गार्डेनमा टिकटक बनाउने क्रममा उनी खसेर बेपत्ता भएकी हुन् । आफ्ना दुई साथीसँग घुम्नका लागि पुलचोक गएकी लम्सालको नदीमा खसेर बेपत्ता भएपछि अहिले स्थानीयवासी र नेपाल प्रहरीको सहयोगमा खोजी भइरहेको इलाका प्रहरी कार्यालय बेल चौतराका प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले जानकारी दिनुभयो ।

घुम्ने क्रममा साथीहरुसँग टिकटक बनाउन नदी छेउमा रहेको ढुङ्गामा उभिएकी लम्साल अचानक चिप्लिएर नदीमा खसेको उनीसँगै गएका साथीहरुले बताए । लम्साल अचानक चिप्लिएर नदीमा खसेपछि उनका साथीहरुले प्रहरीलाई खबर गरेपछि तत्कालै खोजी कार्यमा खटिएको उहाँले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस्