×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

‘कबड्डी ४’ शुक्रबार सिनेमाघर एपमा रिलिज हुँदै

‘कबड्डी ४’ शुक्रबार सिनेमाघर एपमा रिलिज हुँदै

काठमाडौं- रामबाबु गुरुङ निर्देशित फिल्म ‘कबड्डी ४’आगामी शुक्रबार ओटीटी प्लेटफर्म सिनेमाघर एपमा रिलिज हुने भएको छ । ‘हलमा हेर्न नपाएका दर्शकले अब सिनेमाघर एपमा फिल्म हेर्न पाउनुहुनेछ,’एप सञ्चालक तथा अभिनेता खगेन्द्र लामिछानेले भने । निर्माता चाहिं यतिबेला कबड्डीको पाँचौं श्रृंखलाको तयारीमा जुटेका छन् ।

गत जेठ १३ गते हलमा रिलिज भएको दयाहाङ राई र सौगात मल्ल स्टारर फिल्मले नेपालमा साढे २२ करोड रुपैयाँ ग्रस कमाइ गरेको थियो । भारतसहित डायस्पोराबाट मात्र फिल्मले १० करोडभन्दा बढी कमाइ गरेको थियो ।

प्रतिकृया दिनुहोस्