×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

आज ६ वटा प्रदेशमा भारी वर्षा

आज ६ वटा प्रदेशमा भारी वर्षा

काठमाडौँ- आज(मंगलबार) दिनभरको मौसम पूर्ण रुपमा बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। विभागका अनुसार आज प्रदेश–१, मधेस प्रदेश, वागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेशका थोरै र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ। आज राति पनि देशका धेरै स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

महाशाखाले काठमाडौँ उपत्यकासहित देशका अधिकांस स्थानमा अहिले पनि सामान्यदेखि मध्यम वर्षा भइरहेको जनाएको छ। पूर्वी नेपालका केही स्थानमा भने भारी वर्षा पनि भइरहेको छ। भारी वर्षाका कारण राति १२ बजेदेखि झापाको भद्रपुर, विर्तामोड,  शनिश्चचरे, दोमुखा– कन्काई र आसपास भारी वर्षा मापन भएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।

भारी वर्षाका कारण पहिरो, भू–क्षय तथा उच्च बहावको सम्भावना रहेकाले सतर्कता अपनाउन विभागले यसअघि नै विशेष बुलेटिन जारी गर्दै जनाइसकेको छ ।

आजबाट तीन दिन मनसुन थप सक्रिय हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

प्रतिकृया दिनुहोस्