×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

स्वास्थ्य

थप ४९०४ जनामा कोरोना‚ २११५ कोरोनामुक्त

थप ४९०४ जनामा कोरोना‚ २११५ कोरोनामुक्त

नेपालमा मंगलबार थप ४ हजार ९ सय ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १३ हजार २ सय १७ पीसीआर परीक्षणका क्रममा ३ हजार १ सय ९४ र ५ हजार ९ सय ६ एन्टीजेन परीक्षणका क्रममा १ हजार ७ सय १० जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख ९१ हजार ९ सय १० पुगेको छ । त्यस्तै कोरोनाका कारण थप ३५ जनाको मृत्यु भएको छ भने हालसम्म नेपालमा १० हजार १ सय ५० जनाले कोरोना कारण ज्यान गुमाएमा छन् ।

त्यस्तै थप दुई हजार १ सय १५ संक्रमित निको हुँदा हालसम्म नेपालमा ६ लाख ७३ हजार १ सय ९८ संक्रमित निको भएका छन् । हाल नेपालमा ३७ हजार ३३२ सक्रिय संक्रमित आइसोलेसन र ३८१ जना क्वारेन्टाइनमा छन् ।

हालसम्म नेपालमा ३७ लाख ७ हजार ३ सय ९६ वटा पीसीआर र ३ लाख ६९ हजार ६५० एन्टीजेन परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

 
 

प्रतिकृया दिनुहोस्